इण्डोनेसियामा शक्तिशाली ज्वालामुखी विष्फोट

Share :

इन्डोनेशियाको जाभा टापुमा ज्वालामुखी बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै, बिस्फोटमा ४९ जना घाइते भएका छन् ।

इन्डोनेशियाको माउन्ट सेमेरुबाट ज्वालामुखीको खरानी र धुवाँ धेरै माइल टाढासम्म फैलिएका कारण घटनास्थल वरपरको जनजीवन प्रभावित भएको छ । ज्वालामुखी बिस्फोट पछि माउन्ट सेमेरु नजिकको मलंग शहर बाक्लो धुवाँले पुरै अन्धकार बनेको छ ।

इन्डोनेशियाका अधिकारीहरुका अनुसार इन्डोनेशिया केही दिन देखि जारी बर्षाका कारण बर्षा बाक्लो लेदो र लाभाका कारण बिस्फो भएको बताएका छन् । प्रभावित क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।


ज्वालामुखी बिस्फोट पछि आकाश धुवाँ र खरानीले ढाकिएपछि हवाई उडानहरु समेत प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय