राप्रपा पदाधिकारीमा को–को भए विजयी ?

Share :

काठमाडौं, १९ मंसिर। राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। आज बिहान सकिएको मतगणनाअनुसार अर्का प्रतिस्पर्धी कमल थापालाई पराजित गर्दै लिङ्देन १ हजार आठ सय ४४ मत ल्याएर विजयी भए। थापाले १ हजार ६ सय १७ मत प्राप्त गरे।

चार सय १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। उपाध्यक्षमा विक्रम पाण्डे विजयी भए। पाण्डे २५ सय २१ मत ल्याए। यस्तै अन्य दुई उपाध्यक्षमा ध्रुबबहादुर प्रधान र बुद्धिमान तामाङ निर्वाचित भएका छन्। प्रधानले १८ सय १४ मत र तामाङले १९ सय ४४ मत ल्याएर निर्वाचित भए।

उपाध्यक्ष महिलातर्फ रोशन कार्की विजयी भइन्। उनले १५ सय ८९ मत ल्याइन्। यस्तै महामन्त्रीमा धवल शमशेर राणा विजयी भए। उनले २२ सय २१ मत ल्याए। यस्तै अर्का महामन्त्रीमा भुवन पाठक विजयी भए। महामन्त्री महिला तर्फ प्रतिस्पर्धी रेखा थापालाई पराजित गर्दै कुन्ती कुमारी शाही निर्वाचित भइन। शाहीले २००८ मत ल्याउँदा थापाले १६४० भोट पाइन्।


शाही अध्यक्ष कमल थापा प्यानलबाट र थापा लिङ्देन प्यानलबाट चुनाव लडेका थिए। नयाँ नेतृत्वको लागि थापा र लिङ्देन प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय