राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन्। राप्रपा महाधिवेशनका क्रममा शनिबार भएको मतदानको आज विहाज सकिएको मतपरिणाम अनुसार लिङ्देन अध्यक्षमा विजयी भएका हुन् ।

अन्तिम मत परिणाममा लिङ्देनले थापालाई दुई सय मतले पराजित गरे । कुल ३ हजार ८ सय ७३ मत खसेकोमा लिङ्देनले १८ सय १७ मत पाउनुभयो भने थापाले १६ सय १७ मत पाएका छन् । ४ सय ३१ मत बदर भएको राप्रपाको निर्वाचन समितिले जनाएको छ ।


लिङ्देनको जीतसंगै राप्रपाको नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको छ । अन्य पदाधिकारीहरुको पनि मत गणना सकिएको छ । जसअनुसार उपाध्यक्षहरुमा बिक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुबबहादुर प्रधान तथा महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएका छन् । यस्तै, महामन्त्रीमा धवल शमशेर राणा, भुवन पाठक र कुन्तीकुमारी शाही निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय