शिवसताक्षीमा नेतृत्व विकास तथा अभिमुखी करण तालिम सुरु

Share :

झापा, मंसिर १८। शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा शनिवार देखी नेतृत्व विकास तथा सचेतना अभिमुखी करण तीन दिवसीय तालिम सुरु भएको छ ।

आदिवासी जनजाती सामुदायीक भवनमा एक कार्यक्रममा आयोजना गर्दे तालिमको उद्धघाटन गरिएको हो । आदिवासी जनजाति समन्वय परिषद झापाका अध्यक्ष भरतकुमार श्रेष्ठले तालिमको उद्धघाटन गरेका हुन् । उनले सरकारले केहि हद सम्म आदिवासी जनजातिका मुद्धाको सम्बोधन गर्न न्युन कार्यक्रम ल्याएको बताए ।

नगरको ६ लाख ५० हजार आर्थिक सहयोगमा ११ वटै वडाका आदिवासी जनजातीको नेतृत्व विकास सचेतना सम्बन्धी अभिमुखी करण तालिमसुरु गरिएको आदिवासी जनजाती समन्वय परिषद शिवसताक्षीका कोषाध्यक्ष हेमन गुरुङले बताए ।


तालिमको सहजिकरण आदिवासी जनजाती समन्वय परिषद झापाका पूर्व सचिव अधिवक्ता शम्भु थापा मगरले गर्ने छन् । शनिवार तालिमको उद्धघाटन मात्र गरिएको हो ।

वडा नम्बर १, २ र ३ का आदिवासी जनजातीलाई वडा नम्बर २ मंगलबारेको वडाकार्यलयको तालिमहलमा तालिम दिइने आयोजक आदिवासी जनजाती समन्वय परिषद शिवसताक्षीका अध्यक्ष मणीकुमार माझिले बताए । उनका अनुसार वडा नम्बर ४,५ र ६ का आदिवासीका लागि जनता बजार वडा नम्बर ४ मा २२ देखी २४ गते सम्म तालिम हुने छ ।

यस्तै वडा नम्बर ८ र ११ का लागि झिलझिलेको किरात भवनमा २५ देखी २७ सम्म र वडा नम्बर ७, ९ र ११ का लागि दुधेको आदिवासी जनजाती भवनमा २९ देखी पुस १ गते सम्म तालिम हुने उनले बताएका छन् ।

आदिवासी जनजाती समन्वय परिषद शिवसताक्षी नगरका अध्यक्ष मणी कुमार माझिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव नविन लामाले गरेका थिए । कार्यक्रममा थारु कल्याणकारी परिषदका नगर अध्यक्ष रामदेव चौधरी लगायतले तालिम सफलताको कामना गर्दे प्राप्त शिप र ज्ञानलाई व्यवहारमा उतार्न सहभागिलाई अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय