कक्षा १२ को नतिजा सार्वजनिक

Share :

काठमाडौं, १७ मंसिर । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भर्खरै नतिजा सार्वजनिक गरेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए।

अर्यालका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन्। ४८ हजार २ सय ३९ जनाले ए ग्रेड ल्याएका छन्। त्यस्तै बी प्लस ल्याउनेमा ७० हजार १ जना परीक्षार्थी छन्। बी ग्रेड ल्याउनेमा ९९ हजार ५ सय ३७ छन्।

७५ हजार ८८ जना परीक्षार्थीले सी प्लस ग्रेड ल्याएका छन्। सी ल्याउनेमा २४ हजार ५ सय १५ जना छन्। डी प्लस ल्याउनेमा ३ हजार ८ सय ७५ परीक्षार्थी छन् भने डी प्लस ल्याउनेमा २ सय ९६ जना छन्। १० हजार ७३ परीक्षार्थीले इ ल्याएका छन्।


कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो। कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय