प्रथम उपाध्यक्ष कप भलिबल : सेमिफाइनल समीकरण पुरा

Share :

झापा, मंसिर १५ । कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिबलको दोस्रो चरणको खेल सम्पन्न भएको छ । दोस्रो चरणको खेल सम्पन्न भएसंगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो । प्रतियोगिताको अन्तिम चारमा कन्काई, बाह्रदशी, भद्रपुर र झापा प्रवेश गरेका छन् ।

आज भएको पहिलो खेलमा शिवसताक्षी नगरपालिकालाई २ सुन्यको सोझो सेटमा पराजित गर्दै कन्काई नगरपालिका अन्तिम चारमा प्रवेश गरेको छ ।

त्यस्तै दोस्रो खेलमा गौरादह नगरपालिकालाई २ सुन्यको सोझो सेटमा पराजित गर्दै भद्रपुर नगरपालिकाले अन्तिम चारमा आफुलाई सुरक्षित गरेको हो ।


पहिलो चरणमा बुद्धशान्ति गाउँपालिकालाई पराजित गर्दै दोस्रो चरणको यात्रा तय गरेको विर्तामोड नगरपालिका भने झापा गाउँपालिकासँग २–१ को सेटमा पराजित भयो । जितसँगै झापा गाउँपालिका अन्तिम चारमा प्रवेश गरेको छ ।

बाह्रदशी गाउँपालिकाले भने यसअघिनै प्रतियोगिताको पहिलो खेलमा आयोजक कमल गाउँपालिकालाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो ।

कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको अन्तर पालिका झापा जिल्ला स्तरीय भलिबल खेल प्रतियोगिताको दोस्रो राउण्ड सम्पन्नसँगै अन्तिम चारमा कन्काई नगरपालिका, बाह्रदशी गाउँपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकाले आफ्नो ठाउँ सुरक्षित गरेको छ ।

केरखा खेल मैदानमा भइरहेको प्रतियोगिताको सेमिफाइनल अन्तर्गतको पहिलो खेल बाह्रदशी गाउँपालिका र कन्काई नगरपालिकाबीच हुनेछ भने दोस्रो खेल भद्रपुर नगरपालिका र झापा गाउँपालिकाबीच हुने आयोजक समितिले जनाएको छ । दुबै खेलबाट हुने विजेता टोलीले फाइनलको यात्रा गर्नेछ ।

प्रतियोगिताको विजेता टोलिले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५१ हजार रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय