झापामा बस दुर्घटना : एकको मृत्यु, २३ जना घाइते

Share :

झापा। झापाको कनकाई नगरपालिका स्थित बिरिङ पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको कनकाई नगरपालिका-८ स्थित बिरिङ पुलमा बस दुर्घटना भएको हो ।

आइतबार दिउँसो साढे १२ बजे पूर्वबाट-पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु र २३ जना घाइते भएका हुन् ।


दुर्घटनामा परि अन्दाजी २५ बर्षिय पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा उनको मृत्यु भएको हो । मृतकको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

त्यस्तै दुर्घटनामा घाइते भएकाहरुमध्ये ११ जनाको बीएण्डसी अस्पताल र १२ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय