विद्यावारिधि र एमफिल गर्नेलाई खोटेहाङ गाउँपालिकाको छात्रवृत्ति

Share :

खोटाङ । खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने पालिकाभित्रका शोधकर्ता विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७८,०७९ को स्वीकृत वार्षिक बजेटअनुसार गाउँपालिकाले विद्यावारिधि शोधकर्ता, एमफिल अध्ययनकर्ता र स्नातकोत्तर तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको हो ।

उच्च शिक्षा छात्रवृत्ति, सम्मान र पुरस्कार शीर्षकमा विनियोजित कार्यक्रमबारे गाउँपालिका र गाउँ कार्यपालिकाको १२ कात्तिकको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बुधबार सूचना जारी गर्दै इच्छुक उम्मेद्वारालाई उच्च शिक्षा छात्रवृत्तिका लागि आवेदन दिन आह्वान गरेका छन् ।

खोटेहाङ गाउँपालिका स्थायी ठेगाना भई स्वदेशमै बसेर विद्यावारिधि गरिरहेका शोधकर्तालाई जनही एक लाख ११ हजार १११, खोटेहाङ गाउँपालिका स्थायी ठेगाना भई स्वदेशमै एमफिल गरिरहेका अध्ययनकर्तालाई जनही ५५ हजार ५५५ र खोटेहाङ गाउँपालिका स्थायी ठेगाना भई स्वदेशमै स्नातकोत्तर अध्ययन गर्ने सवै दलित तथा महिलालाई ३३ हजार ३३३ रुपैयाँ छात्रवृत्ति प्रदान गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आव २०७७र०७८ देखि उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम लागू गरेको हो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय