सर्वोच्चअदालतको फुलकोर्ट बैठक शुरु

Share :

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) शुरु भएको छ । निर्धारित समयभन्दा केही ढिलो गरी बैठक सञ्चालन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको अध्यक्षतामा फुलकोर्ट जारी छ ।

अदालतमा देखिएका विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो । बैठकमा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणालीका सम्बन्धमा छलफल हुनेछ ।


गोलाप्रथाद्वारा पेसी तोक्ने न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन लागू नगर्ने प्रधानन्यायाधीश जबराको निर्णयको विरोध गर्दै सर्वोच्चका न्यायाधीशहरू आन्दोलित छन् । प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनको नेतृत्व नेपाल बार एसोसिएसनले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय