ए डिभिजन लिगको मुख्य प्रायोजक कतार एअरवेज

Share :

कतार एअरवेजले शहीद स्मारक ए डिभिजन लिगको मुख्य प्रायोजकको रुपमा अखिल नेपाल फुटबल संघ(एन्फासँग) सम्झौता नवीकरण गरेको छ ।

बुधबार एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एअरवेजका कन्ट्री म्यानेजर मोहम्मद एल इमामले सम्झौता नवीकरणमा हस्ताक्षर गरेका हुन ।

अघिल्लो वर्षको लिगमा पनि मुख्य प्रायोजक कतार एअरवेज नै रहेको थियो । मुख्य प्रायोजक रहेको कतार एअरवेजले एन्फालाई १ करोड ८० लाख रुपैयाँ दिने अध्यक्ष शेर्पाले जानकारी दिए ।


यो वर्ष मंसिर ३ गतेबाट सुरु हुँदैछ । उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय