हरियो चियाको समर्थन मूल्य तोक्न अध्ययन शुरु

Share :

इलाम। इलाममा हरियो चियाको मुनाको उत्पादन र प्रशोधनको न्युनतम लागत मूल्यको अध्ययन थालिएको छ । चिया खेती सुरु भएको डेढ सय वर्षपछि राष्ट्रिय चिया तथा कफि विकास बोर्डले चियाको मुनाको लागत मुल्य अध्ययन गरी समर्थन मूल्य तोक्ने योजना कार्यन्वयनमा ल्याउन लागेको हो ।

चिया खेती सुरु भएको डेढ सय वर्ष अर्थात ढीलै भए पनि हरियो पत्तिको समर्थन मूल्य तोकीने भए पछि कृषक पनि लाभ पाईने कुराले खुसी भएका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चियाको न्युनतम लागत मूल्यको अध्ययन गरी समर्थन मुल्य तोक्ने योजनालाई अघि बढाएको हो। नेपालमा पहिलो पटक चिया खेती सुरु भएको इलामबाट अध्ययन समितिले न्युनतम लागत मूल्यको अध्ययन थालेको हो ।


चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजना फिक्कलका प्राविधिक इन्द्र अधिकारीको नेतृत्वको प्राविधिक टोलीले प्रतिकेजी न्युनतम लागत मूल्य बारे अध्ययनको काम गरिरहेको छ । ३ वटा सीजनमा हरियो चिया पत्ति खरिद बिक्रि हुँदै आएकाले फरक फरक लागत मूल्य अध्ययन गरी समर्थन मुल्य तोक्ने योजना रहेको बोर्डका कार्यकारी निर्देशक डा. विष्णु भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय