प्रदेश १ का मूख्यमन्त्री राइले आज विश्वासको मत लिँदै

Share :

झापा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार रोकिएको विश्वासको मत आज लिँदै हुनुहुन्छ । अहिले केही बेरपछि बस्ने प्रदेशसभाको वैठकमा विश्वासको मत सम्बन्धि प्रस्तावमा छलफल हुने र आजै मतदानमा लैजाने कार्यक्रम रहेको छ ।

मंगलबार विप्लव समूहको नेपाल बन्दको कारण देखाउँदै प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरू अनुपस्थित भएपछि विश्वासको मत लिने कार्यक्रम आजका लागि सरेको थियो ।

पाँच दलीय गठबन्धन सरकारमा समाजवादीका अलावा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् ।


९३ सदस्य रहेको प्रदेशसभामा हाल कायम संख्या ९२ जना सांसद मध्ये सत्ता गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन् । मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा एमालेको मत संख्या ३९ मात्रै छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय