झापामा हत्या गरी सेफ्टी ट्यांकीभित्र शव फ्याल्ने पाँच पक्राउ

Share :

झापा । गौरादह नगरपालिका ५ बस्ने ४६ वर्षिय मबेसिर हुसेन मियाँलाई धारिलो हतियारले हत्या गरी शौचालयको सेफ्टी ट्यांकीभित्र शव लुकाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गौरादह ५ बस्ने ३१ वर्षीय महम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षिया सुमेरन खातुन सोही ठाउँका २६ वर्षीय महम्मद सुलेमान, उनकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र ३८ वर्षीया कुर्समान खातुन रहेका छन् ।

मबेसिर हुसेन मियाँ कात्तिक ११ गते विहान ११ बजेदेखि हराएका थिए । उनकी श्रीमती नुरजन खातुनले कात्तिक १४ गते इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिइन् । खोजीमा रहेको प्रहरी टोलीले कात्तिक २६ गते दिउँसो २ः३० बजे गौरादह ५ स्थित महमद सद्दामको घर खानतलासी लिने क्रममा घरको दक्षिणतर्फको कोठाभित्र गेरु रंगले चारैतर्फको भित्री गारो पोतिएको, कोठाको झ्यालको पल्ला तथा ग्रीलहरुमा रगतजस्तो रातो पदार्थको छिटाहरु फेला पारेको थियो ।


त्यस कोठादेखि दक्षिणतर्फ बाहिर रहेको शौचालयको सेफ्टी ट्यांकीमाथिको गोबरको गुइँठाको चाङ हटाई सेफ्टी ट्यांकीभित्र खोजी गर्दा मबेसिर हुसेन मियाँको शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय