राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

Share :

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गर्नुभएको हो ।


मन्त्रिपरिषद् बैठकले पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो।

राजनीतिक दलसम्बन्धी यसअघिको ऐनमा दल विभाजन गर्न पार्टीको केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या अनिवार्य हुनुपर्ने कानुनी व्‍यवस्था थियो। यस ऐनलाई संशोधन गर्न ल्याइएको यस अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउनेछ।

यो अध्यादेश जारी भएसँगै नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि कानुनी रूपमा सहज हुने भएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय