जुम्लामा एमएन पढाउने तयारी

Share :

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ विषयमा स्नातकोत्तर तह (एमएन)को पठनपाठन हुने भएको छ। यसका लागि प्रतिष्ठानले पाठ्यक्रम तयार गरी अनुमतिका लागि चिकित्सा शिक्षा आयोगसमक्ष निवेदन दिएको छ।

प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरेश थापाका अनुसार प्रतिष्ठानले १२ सिटको लागि आयोगसमक्ष माग गरेको छ।


गत वर्षदेखि प्रतिष्ठानमा स्नातकोत्तर तहका जनरल प्राक्टिस तथा इमर्जेन्सी, पेरियाक्ट्रिक र एनेस्थेसिया तथा क्रिटिकल केयरमा पठनपाठन सुरू भएको थियो।


प्रतिष्ठानमा यसै शैक्षिक सत्रदेखि चिकित्सा विषय अन्तर्गत स्नातक तहका एमबिबिएस, बिएन र फार्मेसी विषयमा २० सिटमा पठनपाठनको सुरूआत पहिलोपटक हुँदैछ।

योसँगै जुम्लामा डाक्टर उत्पादन गर्ने ढोका खुलेको छ। यसअघि स्नातक तहमा बिएन, बिपिएच र मिडवाइफ्रिमा पठनपाठन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय