राप्रपाको महाधिवेशन कार्यतालिका हेरफेर

Share :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी महाधिवेशनको कार्यतालिका हेरफेर गरेको छ। आइतबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको कार्यतालिका परिवर्तन गर्ने निर्णय गरेको हो।

यसअघि वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले सक्रिय सदस्यता वितरण र स्थानीय तहहरूको अधिवेशनका लागि समय अपुग भएको भन्दै जेठ २२ देखि २५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी तालिका परिवर्तन गरेको थियो।

परिवर्तित कार्यतालिका अनुसार कार्तिक २७ देखि ३० गते सम्म केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय बैठकले गरेको छ।


वडा, गाउँ र नगरपालिका, प्रदेशसभा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन भदौ मसान्तसम्म गर्ने, सक्रिय सदस्यता वितरण र डिजिटल इन्ट्री भदौ मसान्तसम्म, सचिवालयले सक्रिय सदस्यको अन्तिम सूची तयार गरी असोज ७ गतेसम्म केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।

प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन असोज २० गते, महाधिवेशन प्रतिनिधिहरुको फोटो सहितको नामावली असोज मसान्तसम्म केन्द्रमा पठाउनुपर्ने, केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन कार्तिक १५ गते गर्ने निर्णय बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय