कमल गाउँपालिकामा एक पुरुषको शव फेला

Share :

झापा । झापाको कमल गाउँपालिका २ स्थित क्याम्पा चोकबाट करिब ५० मिटर पूर्व धानबारीमा स्थानीयवासी राजु लिम्बूको शव फेला परेको छ ।स्थानीय नयाँ बस्तीमा बस्दै आएका अन्दाजी ५० वर्षीय लिम्बूको शव आज बिहान दुर्गन्धित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका लिम्बूको मृत्यु केही दिन अगाडि नै भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव खेतको बीचमा भएका कारणले सडेर दुर्गन्ध आउन थालेपछि स्थानीयवासीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । घटनाबारे कारण खुल्न सकेको छैन ।

परिवारको पहिचान पश्चात् शवलाई परीक्षण लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय