२४ घण्टामा २६ सय २४ जनामा कोभिड संक्रमण, २० जनाको मृत्यु

Share :

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१३ हजार ५ सय ७३ जनामा परीक्षण गर्दा २ हजार ६ सय २४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


शनिबार काठमाडौंका ५ सय ३५, ललितपुरका १ सय ६४ र भत्तपुरका ९६ जना गरी काठमाडौं उपत्यकाका मात्रै ७ सय ९५ जना संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको संख्या ७ लाख ३० हजार ४ सय ७९ पुगेको छ ।


यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १० हजार २ सय ५९ पुगेको छ ।

मन्त्रालयका अनुसार शनिबार १ हजार ३ सय २० संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ८० हजार ८ सय १५ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ४९ हजार ४ सय ५ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय