पूर्वीनाकाबाट हुने अम्रिसो निकासीमा गिरावट

Share :

लक्ष्मी उप्रेती, झापा । विगत चारवर्षदेखि पूर्वीनाकाबाट हुने अम्रिसो निकासीमा गिरावट हुदैँ आएको छ । आर्थिकवर्ष २०७४/०७५ देखि गत आर्थिक वर्ष २०७७/०७८ सम्म आइपुग्दा काँकरभिट्टा नाका भएर निर्यात हुने पूर्वी पहाडी जिल्लामा मुख्यः नगदेवालीको रुपमा रहेको अम्रिसोको निर्यात हरेक वर्ष घट्दो क्रममा छ । अम्रिसोको माग भारतमा निक्कै बढेको भएपनि निर्यात भने हरेक वर्ष ओरालो लाग्दैं गएको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कले स्पष्ट पार्छ ।

कार्यालयको अभिलेख अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा काँकरभिट नाका भएर ३२ करोड ८९ लाख रुपैयाँ रुपैयाँ मुल्य बराबरको ६ हजार ५ सय ७८ मेट्रिक टन अम्रिसो निर्यात भएको थियो । जुन परिणाम यसअघिको आर्थिक वर्ष २०७६/२०७७ को तुलनामा १ करोड ३६ लाख ८६ हजार रुपैयाँ वा ३ हजार ६ सय १८ मेट्रिक टनले निर्यात कम हो । कार्यालय प्र्रमुख देविन्द्र साहुका अनुसार २०७६/२०७७ मा काँकरभिट्टा नाका भएर ३४ करोड २५ लाख ८६ हजार रुपैयाँ मुल्य बराबरको १० हजार १ सय ९६ मेट्रिक टन अम्रिसो निर्यात भएको थियो ।

भारतसहित बंगलादेशमा नेपालमा उत्पादन हुने अम्रिसोको माग बढेको बढ्यै भएपनि विगत चारवर्षदेखि पूर्वी काँकरभिट्टानाका हुदैँ भारततर्फ जाने अम्रिसोको निर्यात बर्षेनी घट्दो क्रमा रहेको कार्यालयको भनाई छ । केही समय अघि हरेक बर्ष यसको निर्यात बृद्घिले माग बढेसंगै निर्यात व्यपार पनि सन्तोषजनक थियो । तर,पछिल्लो समय माग बढे पनि निर्यात भने कम छ ।


नोवल कोरोना भाइरस कोभिड १९ का कारण वितेको डेढवर्षदेखि पूर्वीनाका नियमितरुपमा सञ्चालनमा आउन सकेको छैन् । आर्थिक वर्ष २०७७/०७८ र २०७६/२०७७ मा निर्यात घट्नुको मुख्य कारण नाका नियमितरुपमा सञ्चालनमा आउन नसक्नु नै भएको नेपाली सरकारी अधिकारीहरु बताउँछन् । कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणकालागि भन्दैं नेपाल सरकारले गरेको लकडाउनले निकासीमा असर परेको अधिकारीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय