अर्जुनधारामा शुक्रबारदेखि अव्यवस्थित बसोबासीको जग्गा नापजाँच सुरु हुने

Share :

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा आज बसेको सर्वदलीय बैठकले नगरपालिकामा संकलन भएको अव्यवस्थित बसोबासीको विवरणअनुरुप जग्गा नापजाँच गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले भोलि शुक्रबारदेखि अव्यवस्थित बसोबासीको विवरणअनुरुप जग्गा नापजाँच सुरु गर्ने भएको हो । जसका लागि जिल्ला नापी कार्यालय झापाबाट प्राविधिक झिकाइने भएको छ ।बैठकले जग्गा नापजाँचका लागि चारपाने चौकबाट कन्ट्रोल प्वाइन्ट पहिचान गर्ने कार्य सुरु गर्ने निर्णय गरेको छ ।

नेसनल ग्रिडमा जोड्नका लागि नापजाँच सुरु गरिनेछ । नगरमा संघीय आयोगमा आवेदन फारम प्रविष्ट गर्ने काम भइरहेको बताइएको छ ।अर्जुनधारामा अव्यवस्थित बसोबासीहरुको ७ हजार २२५ फारम भरिएको छ । जसमा ६ हजार ३०९ अव्यवस्थित बसोबासी, २०९ भूमिहीन दलित र बाँकी ७०७ भूमिहिन सुकुम्बासी रहेका छन् ।


जसमा वडा नम्बर ९ र १० को प्रविष्ट गर्ने काम सकिएको, ६ र ८ को अन्तिम चरणमा पुगेको, ११ नम्बर वडाको ७५ प्रतिशत काम सकिएको र अन्य वडाको पूर्णरुपमा बाँकी रहेको नगरको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी अव्यवस्थित बसोबासीहरुको लगत संकलन इकाइ प्रमुख चुडामणि निरौलाले जानकारी दिए ।

नगर प्रमुख हरीकुमार रानाको अध्यक्षतामा बसेको बैठकमा नेकपा एमालेका नगर अध्यक्ष प्रेमसागर सापकोटा, नेपाली कांग्रेसका नगर सभापति हेमप्रसाद खरेल, नेकपा माओवादी केन्द्रका इञ्चार्ज नारद दुःखी, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि लवकुश गिरी, राष्ट्रिय जनमुक्ति पार्टीका प्रतिनिधि दिलीप राई, कार्यपालिका सदस्यहरु जीवकुमार भण्डारी, लोकनाथ गौतम, नवराम ढुंगाना र भैरवबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईं र लेखा अधिकृत रामचन्द्र घिमिरेको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय