फोनिज झापाले दिने पुरस्कारकालागि ६ जना छनोट

Share :

विर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फानिज) झापा शाखाले हरेक वर्ष प्रदान गर्दै आएकोडिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कार र उदयीमान पत्रकारिता पुरस्कार २०७७ र २०७८ को लागि पुरस्कृत हुने व्यक्तित्वहरुको नाम घोषणा भएको छ ।

फोनिज झापाका अध्यक्ष विशाल नेम्बाङले फोनिजको २२औं स्थापना दिवस कार्यक्रममार्फत पुरस्कृत हुने व्यक्तित्वहरुको नाम सार्वजनिक गरेका हुन् ।

फोनिज झापाले डिकमान विरही सुनवार उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७ बाट इन्द्रसिंह राजवंशीलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । राजवंशी हाल प्रतिदिन दैनिक विर्तामोडमा आवद्ध छन् । त्यस्तै डिकमान विरही सुनवार उत्कृष्ट पत्रकारिता पुरस्कार २०७८ बाट कमन देवानलाई पुरस्कृत गर्ने निर्णय भएको अध्यक्ष नेम्बाङले सर्वाजनिक गरेका हुन् । देवान हरप्रहर न्यूज डटकमका सम्पादक हुन् ।


त्यस्तै फोनिज झापाले पत्रकारितामा आवद्ध भएका तर नेपाल पत्रकार महासंघमा सदस्य नभएका प्रतिभाहरुलाई प्रोत्साहन स्वरूप प्रदान गर्दै आएको उदयीमान पत्रकारिता पुरस्कार २०७७ बाट रेडियो झापामा कार्यरत मिना नेम्बाङ र सूर्योदय टेलिभिजनमा कार्यरत सुभला तामाङलाई पुरस्कृत गर्ने निर्णय भएको जनाएको छ । त्यस्तै उदयीमान पत्रकारिता पुरस्कार २०७८ का लागि माङसेबुङ न्यूज डटकममा आवद्ध डिल्लीश्वर मुसाहाङ (अम्याङ्सा) र यलम्बर टाइम्स साप्ताहिककी लीला राईलाई छनौंट गरिएको छ ।

फोनिज झापाको आगामी अधिवेशनमा सो पुरस्कार वितरण गरिने अध्यक्ष नेम्बाङले जानकारी दिएका हुन् ।

फोनिज झापाले हरेक स्थापना दिवसमा डिकमान विरही सुनुवार उत्कृष्ट पत्रकारिता पुरस्कार एकजना अग्रज पत्रकार र उदयीमान पत्रकारिता पुरस्कार दुई जना नयाँ पत्रकारहरुलाई वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय