कोरोना संक्रमण उच्च बन्दै, २४ घण्टामा ४९०४ संक्रमित थपिए

Share :

बितेको २४ घण्टामा कोरोना संक्रमितको तथ्यांक ह्वात्तै बढेको देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार मंगलबार १९ हजार १२३ जनामा गरिएको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३५ जनाको मृत्यु भएको छ भने २११५ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख २० हजार नाघेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७१ हजार १९८ जनामा संक्रमण पुष्टि भएको छ ।


संक्रमितमध्ये हालसम्म ६ लाख ७३ हजार १९८ जना निको भएका छन् भने १० हजार १५० जनाको मृत्यु भएको छ ।

हाल देशभर ३७ हजार ३३२ जना सक्रिय संक्रमित रहँदा १७६ जना भेन्टिलेटर र ७६१ जना आईसीयूमा रहेका छन् । हालसम्म कोरोना निको हुने दर ९३।४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय