शेयर भर्न एक महिनामा साढे २ लाखले खोले डिम्याट खाता

Share :

शेयर बजारमा सर्वसाधारणको आर्कषण बढ्दै गएको छ।

हरेक महिना आईपीओ भर्न डिम्याट खाता खोल्नेको संख्या २ लाख भन्दा बढी पुग्न थालेको छ। गत जुलाई ६ देखि अगष्ट ६ गतेसम्म २ लाख ४८ हजार ९ सय २२ जनाले डिम्याट खाता खोलेका छन्।

हाल देशभर डिम्याट खाता प्रयोगकर्ताको संख्या ३९ लाख २८ हजार ८ सय ६२ पुगेको छ।


यस्तै मेरो शेयर प्रयोगकर्ताको संख्या पनि बढेको छ। हालसम्म ३० लाख १८ हजार १ सय ३० जनाले मेरो शेयरको खाता खोलेको सीडीएससीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय