एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, महाधिवेशनबारे छलफल हुने

Share :

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

पार्टी एकताको प्रयासमा नेपाल पक्षको आग्रहमा आइतबार स्थगित बैठक आज अपराह्न ३ बजे डाकिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकअघि बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने उनले जानकारी दिए । स्थायी कमिटीले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने उनले जनाए ।


तथापि बैठकमा पार्टीको १०औँ महाधिवेशन केन्द्रीत गतिविध तथा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमा छलफल हुनेछ ।

विधान मस्यौदा प्रस्ताव पारित गर्दै साउन २७ भित्र सबै कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाउने एमालेको तयारी छ । एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय