खोप लगाउन माग गर्दै सडक निर्माणको काम बन्द

Share :

कनकाई। झापाको सुरुङ्गादेखि झापा बजार जोड्ने ‘अमरपथ’ सडक खण्डको निर्माण बिहिबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

कनकाई इन्टरनेशनल विल्डर्समा कार्यरत मजदूर कर्मचारीले कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै सडक निर्माण बन्द गरेको हुन् ।

ठेकेदार कम्पनीका प्रतिनिधि लीला सेलुवालले कोरोनाको जोखिम बढेपछि काम बन्द गरिएको जानकारी दिए ।उनले भने, ‘खोप नलगाएसम्म जोखिम मोलेर काम गर्न सकिँदैन ।’ खोपका लागि मजदूर कर्मचारीको नामावलीसहित कनकाई नगरपालिकामा निवेदनसमेत पेश गरिएको उनले जानकारी दिए ।


सो सडक खण्डको निर्माणमा १३० मजदूर कर्मचारी नियमित काम गरिरहेका छन् । करिब १० महिनाअघि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अमरपथ सडक खण्डको शिलान्यास गरेका थिए ।

उक्त सडकको लम्बाइ सुरुङ्गादेखि भारतको सीमा नाका डिगल बैँकसम्म २४ किलोमिटर छ ।पूर्वाधार विकास कार्यालयबाट निर्माण हुन लागेको सडकको लागत रू एक अर्ब चार करोड रहेको छ ।

२०७६ भदौ १६ गते ठेक्का सम्झौता भएको उक्त सडकको निर्माण कम्पनीले २०८० भदौ १५ गतेभित्र गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय