माग पूरा नभए भदौ ३ गतेदेखि सत्याग्रह शुरु गर्ने डा. केसीको चेतावनी

Share :

काठमाडौं । डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गर्दै आफ्ना मागहरु पूरा नभए सत्याग्रह शुरु गर्ने चेतावनी दिनुभएको छ ।

डा. केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफूले उठाउँदै आएका मागहरु पूरा नभए भदौ ३ गतेदेखि सत्याग्रह शुरु गर्ने चेतावनी दिनुभएको हो ।

डा। केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्नुपर्ने लगायत पाँच बुँदे माग अघि सार्नुभएको हो ।


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हालै भएका सम्झौताहरु कार्यान्वयन गरी शीर्ष पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने उहाँको माग छ ।

बीपी प्रतिष्ठान लगायत कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा निष्पक्ष रुपमा मादपण्ड निर्धारण गरी पदाधिकारी नियुक्त गर्नेुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय