साउन २५ गतेदेखि ३२ सम्म सरकारले खोप सप्ताह मनाउने

Share :

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज सम्ममा १ करोड ५ लाख खोप उपलब्ध हुने बताएका छन्।

प्रतिनिधि सभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा उनले जापानबाट ८ लाख र भुटानबाट ३ लाख खोप आइतबार सम्ममा आउने जानकारी दिदैँ साउन २५ गतेदेखि ३२ गतेसम्म खोप सप्ताह मनाइने पनि बताए।

व्यवस्थापन पक्षलाई ध्यान दिदैं काठमाडौंमा १५० खोप केन्द्र, ललितपुरमा ७७ र भक्तपुरमा ३८ खोप केन्द्र पुर्‍याइएको पनि उनले जानकारी दिए। जनगुनासो सम्बोधन गर्दै सबै जिल्लाबाट क्यूआर कोडसहित सर्टिफिकेट दिने व्यवस्था मिलाइएको पनि उनले बताए।


स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले अबको पाँच महिनामा एक लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने सम्भावना रहेको बताए। त्यसमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्नसक्ने सम्भावना रहेको पनि उनले उल्लेख गरे।

समितिले कोभिड १९ विरुद्धको खोप सबै नागरिकले लगाउन पाउने गरी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ। बैठकले कोभिड १९ विरुद्धको खोप सबै नेपालीले लगाउन पाउनेगरी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको हो। समितिले तोकिएको लक्षित समूहलाई खोप दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ।

फ्रन्टलाइनमा काम गर्ने मजदुर, श्रमिक, व्यवसायी, शिक्षक, विद्यार्थीलगायतलाई प्राथमिकतामा राख्न पनि समितिले सरकारलाई सुझाव दिएको छ। त्यसैगरी कोभिडको तेस्रो लहर आउन सक्नेमा सचेत हुँदै आइसियू, अक्सिजन, भेन्टिलेटर र जनशक्ति थप गर्ने सम्बन्धमा स्वास्थ्य मन्त्रालयले गम्भीरतापूर्वक लिनुपर्ने पनि समिति सभापति जयपुरी घर्तीले बताइन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय