एन्फाका प्रवक्ता किरण राइद्वारा पदबाट राजिनामा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले आफ्नो पदबाट राजिनामा दिएका छन् । उनले सोमबार अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजिनामा बुझाएका हुन् ।

राजिनामा दिएपछि पत्रकार सम्मेलन गर्दै राईले फुटबलमा देखिएका पछिल्ला गतिविधिहरु दुवै तर्फबाट बन्द गर्न आग्रह गरेका छन् ।


अहिले नेतृत्वको टकराबका कारण फुटबलको हित नहुँने भन्दै राईले अहिले एकले अर्कालाई हिलो छ्याप्ने काम बन्द गर्न आग्रह गरे । उनले कुनै व्यक्तिबिशेषका कारण नभई फुटबलको बिकासका लागि वातावरण बनाउनका लागि राजिनामा दिएको बताए ।

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरणमा असन्तुष्ट रहनुभएका राईले प्रवक्ताको जिम्मेवारीबाट हट्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय