एमालेले गठन गर्‍यो ९ वटा विभाग, ओली स्कुल विभाग प्रमुख

Share :

काठमाडौँ । नेकपा एमालेले ९ वटा विभागहरु गठन गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले विभागहरु गठन गरेको हो ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार संगठन विभागको प्रमुख विष्णु पौडेललाई दिइएको छ भने स्कूल विभाग प्रमुखमा अध्यक्ष केपी शर्मा ओलीलाई तोकिएको छ ।

त्यस्तै संसदीय विभागमा सुवास नेम्वाङ, आर्थिक विभागमा विष्णु रिमाल, प्रचार विभागको प्रमुखमा प्रदीप ज्ञवाली, पर्यटन विभागको प्रमुखमा भानुभक्त ढकाल र विदेश विभाग प्रमुखमा डाक्टर राजन भट्टराई रहेका छन् ।


त्यस्तै निर्वाचन विभागको प्रमुखमा अग्नि खरेल र स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाल छन् ।

प्रवक्ता ज्ञवालीका अनुसार विभागहरु २५ सदस्यीय हुनेछन् । तर अहिले आर्थिक विभागमा दुई जना मात्र छन् भने निर्वाचनमा ६ स्कुलमा ११ सदस्य छन् भने अरुमा १४र१५ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय