जुम्ला जोडियो राष्ट्रिय प्रसारण लाइन

Share :

काठमाण्डौ । जुम्ला सदरमुकाम खलङ्गा बजार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताउनुभयो ।

कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडिएको छ । सांसद गजेन्द्रबहादुर महतले लामो सङ्घर्षपछि जुम्लामा प्रसारण लाइन जोडिएको भन्दै यसको दिगो व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।

उहाँले लामो समयदेखि संसदमा विद्युत् प्रसारण लाइन जुम्लामा जोड्न माग गर्दै आउनुभएको थियो । सदरमुकाममा बत्ती बलिसकेको र चन्दननाथ नगरपालिका वडा नम्बर ८ र ९ मा चाँडै जोड्न काम गरिने छ ।


प्राधिकरणले दशैँसम्म त्यहाँका आठवटै पालिकाका मुख्य ठाउँमा विद्युत् पुर्याउने लक्ष्य लिएको वितरण केन्द्रले जनाएको छ । प्राधिकरणका अनुसार दैलेखको चुप्रा दुल्लु १५० किमी, दुल्लु कालीकोट ६० किमी र कालीकोट–जुम्ला ८० किलोमिटरमा ३३ केभीको लाइन जोड सफल भएको विद्युत् वितरण केन्द्रले जनाएको छ ।

यो लाइन सदरमुकाम खलङ्गामा नपुग्दा यहाँका झण्डै तीन हजार ३ सय उपभोक्ताले बिजुली बत्ती बाल्न पाएका थिएनन् । प्रसारण लाइन समयमै पुर्याउने योजना भए पनि पोल गाड्न र तार तान्न ढिलाइ भएको वितरण शाखाका प्रमुख पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय