अमेरिकी पौडीबाज सेलेबलाई ओलम्पिकमा पाँचौं स्वर्ण

Share :

टोकियो ओलम्पिकमा अमेरिकन पौडीबाज सेलेब ड्रेसलले आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेका छन्। जापान ओलम्पिकमा सनसनिपुर्ण प्रदर्शन गर्नै क्रममा उनले आइतबार पाँचौ स्वर्ण जिते।

आइतबार भएको चार गुणा १०० मिटर मिडले रिलेमा विश्व कीर्तिमानसहित स्वर्ण जित्दा ड्रेसलले स्वर्ण संख्या पाँच पुर्‍याए। ड्रेसलसँगै राएन मर्फी, माइकल आन्द्रे र ज्याक अप्पलले तीन मिनेट २६।७८ सेकेण्ड टाइमिङ निकाल्दै विश्व कीर्तिमान सहित स्वर्ण जिते।

उनीहरूले सन् २००९ मा रोममा भएको वर्ल्ड च्याम्पियनसिपमा अमेरिकाले नै राखेको ३ मिनेट २७.२८ सेकेण्डको कीर्तिमान तोडे। टोकियो ओलम्पिकमा पाँच स्वर्ण पुर्‍याउने क्रममा आइतबार बिहानै भएको ५० मिटर फ्रिस्टाइलमा २१.०७ सेकेण्डको ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका थिए।


२४ वर्षीय ड्रेसलले त्यसअघि चार गुणा १०० मिटर फ्रिस्टायल, १०० मिटर फ्रिस्टाइलमा मा ओलम्पिक रेकर्डसहित स्वर्ण जितेका उनले १०० मिटर बटरफ्लाइमा पनि नयाँ विश्व कीर्तिमानसहित स्वर्ण जितिसकेका छन्।

उनलाई ुनेक्स्ट माइकल फेल्प्सु को रुपमा समेत परिचित गराइएको छ। ड्रेसलले २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा २ स्वर्ण जितेका थिए। विश्व पौडीका लेजेण्ड अमेरिकन माइकल फेल्प्सले २०१६ को रियो ओलम्पिकपछि सन्यास लिएका थिए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय