कायम मुकायम प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

Share :

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् ।

सैनिक ऐन, २०६३को दफा ८ को उपदफा ३ अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘‘ नेपाली सेनाका प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको तीन वर्षे पादवधि मिति २०७८/५/२४ गतेबाट समाप्त हुने भइ अनिवार्य अवकाश पाउने र नीत मिति २०७८/४/२५ गतेबाट घरबिदामा बस्‍नु हुने भएकाले हाल जेष्ठ्ताका क्रममा रहेका ब्य.नं. १३५३ बालाधिकृत रथी श्री पर्शुराम शर्मालाई सैनिक ऐन,२०६३ को दफा ३ अनुसार नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति २०७८/४/१२ गतेको निर्णबाट सिफारिस भए बमोजिम मिति २०७८/४/६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति तोक्नु भएको छ ।’


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय