एमालेको खीर उत्सव, नेपाल समूह गएन

काठमाडौं । नेकपा एमाले साउन १५ का अवसरमा खीर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ। साउन १५ का अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रममा दलका विभिन्न नेता र कार्यकर्ताको उपस्थित थिए।

दिउँसो २ बजेदेखि ३ बजेसम्म सबैलाई पार्टी कार्यालयमा आउन निम्ता पठाइएको पार्टीले जनाएको थियो। नेपाली समाजमा असार १५ गते दहीच्युरा र साउन १५ मा खीर खाने गरिन्छ।

यस अवसरमा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल समूहका कोही पनि नेता तथा कार्यकर्ता त्यहाँ देखिएनन्। एमालेले आफ्ना नेता तथा कार्यकर्तालाई खीर खाने कार्यक्रममा निम्ता दिए पनि नेपाल समूहले भने यसबारे कुनै जानकारी नपाएको बताएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
310
सम्बन्धित

लोकप्रिय

लोकप्रिय