नेपाल देशद्रोही बने, पार्टीमा कुनै ठाउँ छैन : ओली

Share :

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई दक्षिणपन्थी मतियार बनेको आरोप लगाउँदै पार्टीमा कुनै ठाउँ नभएको स्पष्ट पारेका छन् ।

शनिबार बसेको नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्ष ओलीले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको स्पष्ट पारेका हुन्।

अध्यक्ष ओलीले नेपालले निर्लज्ज गतिविधि गरिरहेको आरोप लगाए । उनले माधव नेपाललाई दक्षिणपन्थीको मतियार भएको आरोप लगाउँदै नेपाल बाहेकका नेतालाई आफू पार्टीमा स्वागत गर्न तयार भएको बताए । उ


अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरेका छन् । उनले एमाले विश्वव्यापी रुपमा फैलिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय