झापाली किसान बस्नेतलाई युवा प्रतिभा सम्मान

बिर्तामोड । झापाको झापा गाउँपालिका–३ का कृषक चन्द्रप्रसाद बस्नेत नगद १ लाख रुपैंयासहित राष्ट्रिय युवा प्रतिभा सम्मान– २०८० बाट सम्मानित हुनुभएको छ।

युवा तथा खेलकुद मन्त्रालयद्धारा आज बिहीबार काठमाण्डौंमा आयोजित राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा पत्रकारिता पुरस्कार वितरण समारोह कार्यक्रममा कृषक बस्नेतलाई सम्मान गरिएको हो ।

व्यवसायिक केरा खेती मार्फत कृषि क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली युवामा सिर्जनशिलता, उद्यमशीलता र युवा पुस्तामा कृषिको सकारात्मक सोच प्रवाह गर्न सहयोग पु¥याएको भन्दै सरकारले उहाँलाई नगद १ लाखसहित सम्मान गरेको हो ।


उहाँलाई कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु तथा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले दोसल्ला ओढाएर तथा सम्मानपत्रद्धारा सम्मान गर्नुभएको थियो। बस्नेत लामो समयदेखि झापा गाउँपालिकामा व्यवसायिक केरा खेती गर्दै र अरुलाई केरा खेतीका लागि प्रोत्साहन गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
40
सम्बन्धित

लोकप्रिय

लोकप्रिय