खुपेन सुनुवारको ल्याण्डस्केपमा झुन्डिएको मौनता



700 SHARES

यो समयका खुपेन जनताको आवाजको एक सशक्त कवि हुन् । बेलायत बसेर नेपाली कविताको क्षेत्रमा कलम चलाइरहेको कविको यो सङ्ग्रह पहिचानको सूचिमा समेत परेको पठनिय कृति हो।
क्लोज अप प्रथम खण्ड:
आफ्नै जमिनको एक बित्ता हक नभएको किसान मात्र हली दरिएको छ। जनताको हक अधिकारलाई राज्यले प्रत्याभुति दिन नसकेको माथिको आदेशले देश चलिरहेको अब सुसाशनले चल्नुपर्छ भन्ने जिकिर कविको छ।
पृथ्वीको अधोगतिको लागि प्रकृतिको अति दोहन वातावरणको विनास धार्मिक अतिवाद सांस्कृतिक विचलन अति खुल्लायौनप्रति खास कारक ठान्छन् कवि।
आक्रोसको बाढी छ कतै सन्तुलित भन्दा ज्यादा।
बेलायत शक्ति सम्पन्न पूर्ण लोकतान्त्रिक मानवअधिकार सुरक्षित भएको राज्यमा आप्रवासीप्रति सरकार अस्पतालको कस्तो दृष्टिकोण रहन्छ भन्ने दृष्टान्त मुहम्मद कुफ्रानको बिम्बले बोल्छ।
मान्छे पृथक जीवन जिउने क्रममा निरस जीवन बाँच्छ तर किरा माहुरी कीटपतङ्गले जीवन बाँचेर पनि सार्थक जीवन बाँच्ने कविको तर्क छ। प्रकृतिसित मीठो प्रेम राख्दै सानो चिजको अमुल्य अस्तित्वमाथि बोल्छन् ।

मोन्टाज द्वितीय खण्ड:
विसङगत समयभित्र विरुप सहरको दारुण चित्र छ। नसुनिने कर्कस आवाजहरु मनको कुनाबाट फुत्किएको छ पत्थरको जीवनबाट। मानिसहरू जति आधुनिक भए जति साधन सम्पन्न भए उति साँघुरो भए प्रेम हराएर गयो मानिस एक्लो भयो।
निस्सारता मात्रै लेख्ने खुपेन यादहरुले दुखेर बिरामी हुन्छन् र सोध्छ यादलाई के तिमिलाई पनि बाडुल्की लाग्छ?
धुन लय कविको सपना हो जसले बोकेर उभ्याउछ जीवनलाई र मान्छेलाई ।
एक्लो ल्यामपोष्ट्को सुन्यता देखेर झुण्डिन खोज्ने कवि मृत्यू चिन्तन किन गरिरहेको होला ताजुप लाग्छ।
बुथ्रे माइलाको आख्यानिक काव्यले सुदुरमा समय
सत्तासँग जोरि खोज्दै जिन्दगी जिउँने आम भुँई मानिसको
कठ्याङ्गृदो जिन्दगीको तिक्त कथा भन्छ कविताले।
जति उच्च भएपनि माटोमा मिल्नुको विकल्प छैन त्यो माटो गुरुत्व हो भन्ने राय छ।
कवि परिवर्तनको संवाहक हो उ जस्तै सत्ताको विरुद्ध निर्भिक उभिने शक्ति हो भनेर कविको सामर्थ्य पर्गेल्छ।
यौनकर्मिलाई अपाच्य शब्दले प्रहार गर्ने कवि यौन कर्मिलाई नग्न देवि भन्छन् र उनीहरूको कर्म स्थानलाई मन्दिर । कविको दावी छ यो उनीहरूले चाहेर नभएर वाध्यता र विवसताले निर्मित हो त्यो समय सत्ताले न आमा न प्रेमिका न पत्नी हुन दियो।
कविताको अंश फुत्केर सहर सहर छिर्छ प्रेमिका खोज्दै वेस्यालय छिर्छ भट्टिपसल गजल साँझ डुल्छ पब छिरेर बालिकाको चीत्कार सुन्न नसकेर फिर्छ आफैलाई धिकार्दै घरी पुग्छ जिजसको अन्तिम साँझ ।
दुर्गममा निरासा बोकेर विदेश उड्ने सपनाको प्वाँख पलाएका युवाहरु राजधानीमा जुलुसमा गोलि चल्छ  सहादत हुन्छ सपनाको हत्या हुन्छ मात्रै राज्यसँग गोलि छ दमन छ सुगमसँगै देहातलाई विकासको हैसियत बनाउने कुनै अनन्त योजनाहरु छैन कविको आक्रोश छ।

तेस्रो ल्याण्ड्स्केप खण्ड:
सहरको अमैत्री भीडबाट दिक्क निरास भएर कवि शान्तिको निरवव्य खोजिमा निस्किन चाहन्छ।
आगोको झिल्कामा कविको भयंकर सन्देह छ कि यो सुन्दर पृथ्वी करोड वर्षपछि कुनै अज्ञात धातुले राज गर्ने र तमाम सभ्यता सिद्धिने भय छ तथापि यो माटोको पत्रमा
कुनै कविताको टुक्रा जिवित रहे ब्यूझाउने छ त्यो सुन्दर पृथ्वी त्यसैले कविताको महान् शक्तिमा कविको परमविस्वास छ।
यसरी आफू नहुनुको औचित्य भएर कविले आयामेली कविताको चित्रगत दृश्य संरचना अक्षर भन्जन मार्फत भौतिकी देखि सुन्यसम्म मको अस्तित्व खोजेका छन् ।
खुपेनले भलै सम्झेनन् गाउँको चिहान  थिम्तिके, तुरस ,
विदेशिएका कवि लेखकलाई मात्रै गाउँको यादको पहिरो हुन्छ आरोपबाट मुक्त छ कवि !
सम्झिँदा ह्यारो अन दि हिलको प्रसिद्ध सेलेब्रेटिहरुको चिहान खोतलेर जीवन कुरुप मृत्यू सुन्दर हुने मृत्यूवादि चिन्तन गर्छ कवि।जो हामी जीवन सुन्दर छ भनेर बाँचिरहेका छौँ यो बिरोधाभाष छ। यो सभ्यता जीवन सुन्दर भएर निर्मित छ भनेन कविले किन होला सोधिरहनेछन् उनलाई अक्षर जिवित भएर जो उनैले कविताको अंशको जीवन बोलेका छन् ।
चरम प्रविधिक आधुनिकताले मान्छे कोठामा छिरेको भ्रमित झिँगा भैगएर बाँचिरहेको छ मान्छेको नियती।कुनै भव्य पुस्तक कविता नियात्रामा खोजिरहेछ मुक्ती तथापि गन्तब्यहिन छ निस्कन  खुल्ला प्रकृतिमा अनुरोध छ।
झलकमानको सारङ्गी मित्रसेनको रेलिमाई धुनको याद पिएर नेपाली गौरवलाई दाँजेर हेर्छ कवि विदेशी गल्लिमा।
प्रकृति सुन्दर मात्र होइन क्रुर समेत छ प्रकृतिको सिमान्त शक्ति विरुद्ध जुधेरै पृथ्वी बाँच्न योग्य छ मान्छे हारेको छैन।यो खुलासा नयाँ बिम्ब मिथक कहानी बैचारिकि छ यो कवितामा ।
मौनताको क्षेत्रभित्र हामीले चुपचाप भोगेको इच्छित अनिच्छित भोगाइहरुको एक लम्बेतान पीडा उत्साह निरुत्साहन आवेग प्रेम युद्ध हार स्वतन्त्रता सबैको गज्याङ चित्र प्रतित छ। मानिसहरूले सत्यलाई समयको तरवारले घेरेर परिभाषित गरे हामीले निर्वाध हो भन्यौ तर आफैलाई सङकाको घेरामा राखेनौ।
मौनता भन्नू चुपचाप मात्रै ठान्नु उचित होइन यो त मन हृदय प्रकृति पृथ्वी ब्रह्माण्ड बिस्तारै क्रमिक धिमासित  सम्पूर्ण सुन्ने कला हो त्यो सत्यलाई सुनसानमा राखेर सुन।
सम्पूर्ण उदासी बिरानो भुमी क्रुद्ध भावना प्रेमको अस्वीकार्य बाबुले गरेको दोस्रो प्रेम नारी पुरुष सर्वत्र छ विस्वास छैन प्रेम छैन मात्रै दृश्य छ शब्दहरू अहमले रोकेर पाता कसेको छ । सबै एक निजात्मक जीवनको सन्नाटा अझ त्यो भित्रको छट्पटी असन्तुष्टि कविताले बोकेर मनलाई पेलेर झार्छ  खुदो लेदो भएर अक्षरहरुमा सपननाको छाँयाको ओरालो यात्रा।
यादहरुको दस्तावेजले चुटेर निस्लोट भएपछि बेलायती उत्तरआधुनिकताले गलेर गाउँको यादमा डुब्छ कवि यतिखेर भने बाउको चिहान थिम्तिकेको माटो लगेर गाउँकै जेस्पुचाको लहरमा बाउको आत्मा समाधिस्त गर्ने अठोटले
गाउँसँग लडिबुडी गर्न उत्कट दुखले भिजेको छ कवि।कति तरुनी वेस्यालय समुद्र किनार बेलायती चिहान अङ्ग्रेजी नायक उतैको सङ्गीत कथी बसेको झिजो लागिसक्यो पागल हरफहरुले सोच्नेलाई आफ्नो गाउँको घुरेन खेतको कुरा आएपछि ठिक लाग्न सक्छ धेरैलाई ।
इजरायल प्यालेस्टाइन युद्धमा अनाहक मरेका हजारौं छन्
भुमिकोलागि अनवरत युद्ध छ जो सुरुमा एकै थिए। आस्थाको लागि लडिने यस्तो त्रासद युद्ध रोकिनुपर्छ कवि शान्तिको आवाज अब जन्मिनेहरुको लागि जरुरी छ जसलाई युद्ध थाहै नभै युद्ध भोग्न दिनु अपराध ठान्छन् ।

विज्ञापन

चौथो वा पोट्रेट खण्ड:
खोपेनको जीवनकै अति प्रिय मानिसहरूको शाब्दिक चित्र हो जोजोबाट खोपेनले प्रभाव प्रेरणा उर्जा सपना सापट लिए तिनीहरु महान लेखक बहुला कवि दार्शनिक सङ्गीतकार आदि थिए तिनीहरु प्रति श्रद्धाले कोमल
भावना हृदयबाट झिकेर जतनसाथ राखेका छन् ।
पारिजातलाई अति प्रेम गर्ने कोमल शब्दावली अर्पण गरेका छन् ।
खोपेनको प्रिय मिथक महाभारतिय पात्रहरू छन् तिनिहरु टिकटै नलिइ कविताको खेलमा छिर्छन् । कविता गाउँ बस्ती भन्दा ज्यादा काठमाडौ सहर घुम्छ।त्यो भन्दा अधिक बेलायति बिम्ब समुद्र किनार यौनशाला छिर्छ जीवन भन्दा निरासा मृत्यू चिन्तनले कान खान्छ। मानिसहरूले सोधिरहेका हुनसक्छ खुपेनको कोइच समाज कोइच भाषा सँस्कृति
सभ्यता मिथक सृष्टिको कथा इतिहास खानपान नदि सभ्यता कुल पित्र खोला खोल्सी होलानी किन मानेन? कविताले बोकेर हिड्न कविताको थान मान मनितोमा
सिमेभुमे पो हाम्रो कविता होला नेपाली कविता होला।
किन अरुका कुरा नेपाली भाषामा बढी लेख्छौ भनेर तामाकोसी लिखु कोइच गाउँबाट सोधिरहेको होलान् खुपेनलाई। अरु अग्रगामी काव्य सफलताको शुभकामना ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय