|
748 SHARES |
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटवार्तामा प्रधानमन्त्री शाहले हालै सम्पन्न आफ्नो भारतको राजकीय भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको हो।
भेटका क्रममा प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि तथा भ्रमणका क्रममा भएका छलफलका विषयमा जानकारी आदानप्रदान भएको जनाइएको छ। साथै, उहाँहरूबीच समसामयिक राजनीतिक तथा अन्य विषयमा समेत छलफल भएको छ।









