सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो



807 SHARES

झापा । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बिहीबार सुनको मूल्य १० ग्रामको २ लाख ४७ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

विज्ञापन

यसैगरी, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ।

महासंघका अनुसार चाँदीको मूल्य १० ग्रामको ३ हजार ३६० रुपैयाँ ५० पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय