|
835 SHARES |
झापा । झापाको बिर्तामोड नगरपालिका–३ सैनिकमोडमा छुरा प्रहारबाट बाबुछोरासहित तीनजना घाइते भएका छन्।
गएराति करिब १० बजे स्थानीय ३८ वर्षीय सुवास नेपालीले धारिलो हतियार छुरा प्रहार गर्दा तीनजना घाइते भएका हुन्।
छुरा प्रहारबाट सोही ठाउँका ४५ वर्षीय प्रेम दर्नालको बायाँ कानमा चोट लागेको छ भने उनका २० वर्षीय छोरा निखिल दर्नालको टाउकोमा चोट लागेको छ। त्यस्तै, स्थानीय २५ वर्षीया लुकी बनिया (सन्थाल) को बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ।
तीनैजना घाइतेलाई उपचारका लागि बिर्ताबजारस्थित बिर्तामोड नगर अस्पताल पठाइएको छ। उनीहरूको अवस्था सामान्य रहेको बुझिएको छ।
छुरा प्रहार गर्ने नेपाली घटनापछि फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।









