बिर्तामोडको ग्यारेजमा आगलागी, ६५ वर्षीय वृद्धको जलेर मृत्यु



702 SHARES

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २०८३ कात्तिक ५ गते बिहान करिब ४ः१० बजे ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित ठूला सवारीसाधन मर्मत केन्द्रको क्यान्टिनमा आगलागी भएको हो। उक्त क्यान्टिन बिर्तामोड नगरपालिका–४ निवासी रवि राजवंशीले सञ्चालन गर्दै आएका थिए।

विज्ञापन

प्रहरीका अनुसार विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा बिहान ४ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

विज्ञापन

आगलागीपछि गरिएको अनुसन्धानका क्रममा क्यान्टिनमा काम गर्ने गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र नगद एक लाख रुपैयाँसमेत जलेर नष्ट भएका छन्।

आगलागीबाट भएको अन्य क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय