मेचीनगर–९ बन्यो अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको च्याम्पियन



861 SHARES

झापा । ज्यामिरगढी युवा क्लबद्वारा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिता–२०८३ को उपाधि मेचीनगर नगरपालिका वडा नम्बर ९ ले जितेको छ। फाइनलमा वडा नम्बर १४ लाई २–१ गोलअन्तरले पराजित गर्दै वडा नम्बर ९ ले उपाधि आफ्नो पक्षमा पारेको हो।

निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा वडा नम्बर ९ ले दोस्रो हाफमा पहिलो गोल गर्दै अग्रता लिएको थियो। त्यसको केही समयपछि वडा नम्बर १४ ले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा पुर्‍याएको थियो। तर, त्यसको केही मिनेटमै वडा नम्बर ९ ले अर्को गोल गरेपछि उक्त गोल नै निर्णायक बन्यो। अन्ततः वडा नम्बर ९ ले २–१ को जित निकाल्दै उपाधि चुम्न सफल भयो।

विज्ञापन

उपाधि विजेता वडा नम्बर ९ ले नगद ५१ हजार रुपैयाँसहित ट्रफी र पदक प्राप्त गरेको छ भने उपविजेता वडा नम्बर १४ ले नगद ३१ हजार रुपैयाँसहित ट्रफी र पदकमा चित्त बुझाएको छ।

विज्ञापन

गत असोज १७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा मेचीनगरका १५ वटा टोली सहभागी थिए। प्रतियोगिताले स्थानीयस्तरमा फुटबल खेलको विकास र खेलाडीको प्रतिभा प्रस्फुटनमा योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

प्रतियोगिताको समापन कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिका रूपमा उपस्थित स्थानीय सामाजिक व्यक्तित्व, राजनीतिज्ञ, स्थानीय तहका पदाधिकारी र समाजसेवीले पुरस्कार वितरण गर्नुभएको थियो।

क्लबका अध्यक्ष असिम श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सञ्चालन महासचिव अनुप शिवाकोटीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय