अर्जुनधारा-१ का १२२ परिवारको धनीपुर्जा वितरण गर्न रास्वपाको ध्यानाकर्षण



820 SHARES

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्जुनधारा नगर समितिले अर्जुनधारा नगरपालिका–१ का १२२ भूमिहीन तथा सुकुम्बासी परिवारको धनीपुर्जा वितरणमा भइरहेको ढिलाइप्रति जिल्ला प्रशासन कार्यालय झापाको ध्यानाकर्षण गराएको छ।

नगर समितिले मंगलबार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई ज्ञापनपत्र बुझाउँदै धनीपुर्जा तयार भइसके पनि राजस्व तथा विभिन्न शुल्कको रकम बढी भएका कारण नागरिकले धनीपुर्जा प्राप्त गर्न नसकेको जनाएको हो।

विज्ञापन

रास्वपा अर्जुनधारा नगर समितिका सभापति विजय कुवरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सम्बन्धित निकायसँग आवश्यक समन्वय, सहजीकरण तथा पहल गरी वडा नम्बर १ का १२२ परिवारलाई यथाशीघ्र धनीपुर्जा वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ।

विज्ञापन

ज्ञापनपत्रमा अर्जुनधारा नगरपालिका क्षेत्रभरिका कुल ७ हजार ११२ जना भूमिहीन तथा अव्यवस्थित बसोबास नागरिक समेत धनीपुर्जा वितरणको प्रक्रियामा रहेको उल्लेख गरिएको छ। उनीहरूका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी धनीपुर्जा वितरणको प्रक्रिया शीघ्र अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

स्थानीयस्तरबाट आवश्यक समन्वय, सहजीकरण तथा सहयोग गर्न रास्वपा अर्जुनधारा नगर समिति सधैँ तयार रहेको समेत विज्ञप्तिमार्फत जनाएको छ।

ज्ञापनपत्र बुझाउन नगर सभापति विजय कुवरसँगै उपसभापति इन्दिरा भट्टराई, सचिव देवेन्द्र मैनाली, क्षेत्रीय सभापति गोपाल कटुवाल, अर्जुनधारा–१ का सभापति पदम निरौला लगायतका प्रतिनिधि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय