जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका कैदी पक्राउ



841 SHARES

झापा । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदीलाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ का २७ वर्षीय राजकुमार लिम्बूलाई दमक नगरपालिका–६ बाट पक्राउ गरिएको हो।

विज्ञापन

लिम्बू जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारा, काठमाडौंमा १८ वर्षको कैद सजाय भुक्तान गरिरहेका थिए। जिल्ला अदालतको फैसलाअनुसार उनलाई कैदसँगै पीडितलाई क्षतिपूर्ति तथा पीडित राहत कोषमा रकम जम्मा गर्नुपर्ने फैसला भएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।

विज्ञापन

जेनजी आन्दोलनका क्रममा मिति २०८२ असोज २४ गते कारागारबाट भागेर फरार भएका लिम्बू दमक नगरपालिका–६ मा लुकिछिपी बसिरहेको अवस्थामा फेला परेका थिए।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी निरीक्षक प्रमोद खड्काको टोलीले उनलाई २०८३ असोज ३ गते साँझ करिब ७ बजे पक्राउ गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ परेका लिम्बूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय