रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५७९ पुग्यो

काठमाडौं । रसुवा बाढी तथा त्यसबाट प्रभावित विभिन्न क्षेत्रमा मृत्यु हुनेको संख्या ५७९ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझ ७ बजेसम्म ५७९ वटा शव फेला परेका छन्।

विज्ञापन

प्राधिकरणका अनुसार सबैभन्दा बढी चितवनमा २३३ वटा शव फेला परेका छन्। त्यसपछि नवलपरासी पूर्वमा १३३ वटा शव फेला परेको जनाइएको छ।

विज्ञापन

त्यस्तै, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र नवलपरासी पश्चिम लगायतका जिल्लामा पनि बाढी तथा पहिरोमा परी मृत्यु भएकाहरूको शव फेला परेको प्राधिकरणले जनाएको छ।

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय