ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार प्रहार, युवकको मृत्यु



747 SHARES

काठमाडौं । शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१७ घर भई सोही होस्टलमा बस्दै आएका २२ वर्षीय वसन्त कालाथोकी रहेका छन्।

विज्ञापन

प्रहरीका अनुसार शुक्रबार होस्टलमै बस्ने बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलले कालाथोकीमाथि धारिलो हतियार प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल लगिएको थियो।

विज्ञापन

टाउको र घाँटीमा गम्भीर चोट लागेका कालाथोकीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका प्रमित पटेलको खोजी भइरहेको जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
3

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय