कनकाईका थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण



928 SHARES

झापा । झापाको कनकाई नगरपालिका–३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ।

जिल्ला भूमि समस्या समाधान समितिले बिहीबार १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको हो। पुर्जा प्राप्त गर्नेमा एक जना भूमिहीन दलित, पाँच जना भूमिहीन सुकुमवासी र सात जना अव्यवस्थित बसोबासी रहेका छन्।

विज्ञापन

यसअघि साउन ८ गते समितिले कनकाईका पाँच जनालाई जग्गाधनी पुर्जा वितरण गरेको थियो। नगरपालिकाको भूमि प्रशासन शाखाका अनुसार गत वर्ष असारमा १५७ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको थियो।

विज्ञापन

भूमि प्रशासन शाखा प्रमुख बद्रीकुमार दाहालका अनुसार तत्कालीन भूमि आयोगले आर्थिक वर्ष २०७९/८० देखि लगत संकलन सुरु गरेयता कनकाई नगरपालिकामा हालसम्म २५८ जनालाई जग्गाधनी पुर्जा वितरण भइसकेको छ।

लगत संकलनका क्रममा कनकाईमा ३७५ जना भूमिहीन दलित, २ हजार २४४ जना भूमिहीन सुकुमवासी र ४ हजार ५८८ जना अव्यवस्थित बसोबासीको विवरण संकलन गरिएको दाहालले जानकारी दिनुभयो।

नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बाँकी लाभग्राहीलाई पनि क्रमशः जग्गाधनी पुर्जा वितरण गर्दै जाने बताउनुभयो।

जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्लाभर जग्गाधनी पुर्जा वितरणका लागि लगत संकलन तथा वितरण प्रक्रियालाई तीव्रता दिइएको बताउनुभयो।

समितिका सदस्य सचिव तथा जिल्ला नापी कार्यालय, भद्रपुरका प्रमुख शिवप्रसाद लम्सालका अनुसार अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा पनि यसै महिनादेखि जग्गाधनी पुर्जा वितरण सुरु गरिएको छ। बुद्धशान्तिमा आगामी साता थप जग्गाधनी पुर्जा वितरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय