|
4,829 SHARES |
झापा। झापाको बुद्धशान्ति गाउँपालिकामा आयोजित २१ किलोमिटर बुद्धशान्ति हाफ म्याराथुन प्रतियोगिताको उपाधि बैतडीका नरेन्द्रसिंह रावतले जितेका छन्।
बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा सोमबार सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै रावत प्रथम बने। उनले उपाधिसँगै नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगितामा हुम्लाका सुशीलकुमार शाही दोस्रो हुँदै ४० हजार रुपैयाँ, गोरखाका सञ्जय श्रेष्ठ तेस्रो हुँदै ३० हजार रुपैयाँ, भारतका गुलशन कुमार चौथो हुँदै २० हजार रुपैयाँ तथा भारतको कालिम्पोङका विकास मगर पाँचौँ हुँदै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भए।
महिलातर्फ धरानकी सिला राई उत्कृष्ट महिला धावक घोषित भइन्। उनले नगद ५ हजार रुपैयाँसहित सान्त्वना पुरस्कार प्राप्त गरिन्।
प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानबाट आएका धावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। खेलकुदको विकास, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा बुद्धशान्ति गाउँपालिकाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।










