बिर्तामोडमा अत्याधुनिक ‘इको साइन’ लन्ड्री तथा सेनिटाइजेसन सेवा सञ्चालनमा आउने



709 SHARES

बिर्तामोड । झापाको बिर्तामोडमा अत्याधुनिक प्रविधिमा आधारित ‘इको साइन कमर्सियल एन्ड सेनिटाइजेसन सर्भिस’ सञ्चालनमा आउने भएको छ। आगामी असार २५ गते बिहीबारदेखि औपचारिक रूपमा सेवा सुरु गरिने भएको हो।

यसअघि आज आयोजित पत्रकार सम्मेलनमार्फत संस्थाले व्यावसायिक तथा घरायसी प्रयोजनका कपडाको वैज्ञानिक, स्वच्छ र सुरक्षित व्यवस्थापन गर्ने उद्देश्यसहित सेवा सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको छ।

विज्ञापन

संस्थाका अनुसार बढ्दो सहरीकरण, व्यस्त जीवनशैली तथा कपडा र विभिन्न सतहबाट सर्न सक्ने संक्रामक रोगको जोखिमलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रियस्तरको प्रविधिसहित लन्ड्री तथा सेनिटाइजेसन सेवा सञ्चालनमा ल्याउन लागिएको हो। यस सेवामार्फत कपडाको गुणस्तर कायम राख्दै त्यसमा रहेका हानिकारक जीवाणु र भाइरसलाई सुरक्षित रूपमा नष्ट गरिने जनाइएको छ।

विज्ञापन

इको साइनले अत्याधुनिक मेसिन तथा अन्तर्राष्ट्रियस्तरको प्रविधिको प्रयोग गरी होटल, अस्पताल, बैंक, विद्यालय, संघसंस्था तथा घरायसी प्रयोजनका विभिन्न प्रकारका कपडाको प्रिमियम लन्ड्री, ड्राइक्लिनिङ तथा सेनिटाइजेसन सेवा प्रदान गर्ने जनाएको छ। साथै वातावरणमैत्री (इको–फ्रेन्डली) एन्टि–ब्याक्टेरियल र एन्टि–भाइरल प्रविधिमार्फत कपडालाई कीटाणुमुक्त बनाइने संस्थाको दाबी छ।

संस्थाले गुणस्तरीय, समयमै र किफायती सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै होटलका बेडसिट, अस्पतालका लिनेन, बुटिकका पोशाक तथा दैनिक प्रयोगमा आउने कपडामा रहने हानिकारक ब्याक्टेरियाबाट स्वास्थ्यमा जोखिम हुन सक्ने भएकाले सफाइसँगै स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखिएको जनाएको छ।

इको साइनका अनुसार बिर्तामोड तथा आसपासका क्षेत्रका व्यावसायिक प्रतिष्ठान र घरायसी ग्राहकका लागि आधुनिक लन्ड्री तथा सेनिटाइजेसन सेवाको भरपर्दो केन्द्र बन्ने लक्ष्य राखिएको छ। साथै जनस्वास्थ्य र स्वच्छतासँग जोडिएको यस अभियानलाई प्रभावकारी रूपमा नागरिकसम्म पुर्‍याउन सञ्चारमाध्यम र सरोकारवालाको निरन्तर सहयोगको अपेक्षा गरिएको छ। 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय