|
892 SHARES |
बिर्तामोड । झापाको कमल गाउँपालिकामा कोब्रा (गोमन) सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कमल गाउँपालिका–३ निवासी ४० वर्षीया सरस्वती मगर लिम्बु रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार बेलुका करिब ७ः५० बजे आफ्नै भान्साकोठामा खाना पकाउने क्रममा उनलाई कोब्राले टोकेको थियो।
सर्पले टोकेपछि तत्काल उपचारका लागि नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित दमक सर्पदंश उपचार केन्द्र लगिएको थियो।
उपचारकै क्रममा राति १०ः४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।










