झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ। निगमले पेट्रोल, डिजेल तथा खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य निर्धारण गर्दै आज मध्यरातिदेखि लागू हुने जनाएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ ले घटाइएको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका आधारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
नयाँ मूल्य आज मध्यरातिदेखि देशभर लागू हुनेछ। निगमले अद्यावधिक मूल्यसूचीअनुसार बिक्री–वितरण गर्न सबै डिपो तथा विक्रेतालाई निर्देशन दिएको छ।










